Monday, February 19

एएफसी फुटसल च्याम्पियनशिप २०१८ का लागि इरानमा आजदेखि हुने छनोट खेल खेल्ने प्रथम राष्ट्रिय फुटसल टोलीको काठमाण्डौमा हिजो विदाइ गरियो।

एन्फा फुटसल विदाइ

एएफसी फुटसल च्याम्पियनशिप २०१८ का लागि इरानमा आजदेखि हुने छनोट खेल खेल्ने प्रथम राष्ट्रिय फुटसल टोलीको काठमाण्डौमा हिजो विदाइ गरियो। अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष नरेन्द्र लाल श्रेष्ठले टिमको सफलताको सुभकामना सहित टिमलाइ नेपाली राष्ट्रिय झण्डा हस्तान्तरण गरेर विदाइ गर्नु भयो। १४ सदस्यिय राष्ट्रिय फुटसल टिमले असोज २९ गते उज्वेकिस्तान, असोज ३० गते किर्गिस्तान र असोज ३१ गते तुर्केमेनिस्तान संग छनोट खेल खेल्ने छ।

विदाइ कार्यक्रममा एन्फा र जर्सि पसल नेपाल वीच राष्ट्रिय फुटसल टिमलाइ करिव १० लाख रुपैयाँ वरावरको खेल पोसाकका साथै अन्य आवश्यक सामाग्री ३ वर्षको लागी प्रदान गर्ने बारे भएको सम्झौतामा एन्फा अध्यक्ष श्रेष्ठ र पोसाकका कार्यकारी निर्देशक कृष्णप्रसाद गुप्ता वीच हस्ताक्षर भएको थियो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *