Tuesday, January 23

सिरियाको खान शेकहुन शहरमा सरकारी सेनाले रासायनिक हतियार प्रयोग गरेको राष्ट्रसंघको निष्कर्ष ।

सिरिया/आक्रमण

सिरियाको खानसेक हुन् शहरमा सरकारी सेनाले सरिन नामक रासायनिक हतियार प्रयोग गरेको संयुक्त राष्ट्रसंघको प्रतिवेदनमा उल्लेख छ । गत अप्रिलमा प्रयोग गरिएको सो रासायनिक हतियारबाट ८० जनाको मृत्यु भएको जनाइएको छ । राष्ट्रसंघका लागि अमेरिकी दूत निकी हेलीले सिरियाका राष्ट्रपति बसार अल असद र रसियाका नेताहरुको मिलेमतोबाट रासायनिक हतियारको प्रयोग भएको बताउनुभएको छ । सिरियाको सरकारले पश्चिमी राष्ट्रहरुको आरोप कपोलकल्पित भएको दावी गरेको छ ।

सिरियामा इस्लामिक स्टेट बिद्रोहीले सशस्त्र संघर्ष गर्दै आएको छ भने राष्ट्रपति बसार अल असदलाई हटाउन सिरियन डेमोक्रेटिक फोर्सले पनि सशस्त्र संघर्ष गर्दै आएको छ । सिरियाको सरकारी सेनालाई रसियाले सहयोग र समर्थन गर्दै आएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *