Tuesday, January 23

स्पेनको केन्द्र सरकारद्वारा क्याटलोनियाको स्वतन्त्रतालाई अमान्य घोषित गर्दै प्रत्यक्ष शासनमार्फत नयाँ स्थानीय चुनाव गराउने निर्णय ।।

स्पेन/क्याटलोनिया अपडेट

स्पेनका प्रधानमन्त्री म्यारिआनो राजोएले क्याटलोनिया प्रान्तको विधानसभा भंग गरी नयाँ स्थानिय चुनाव गराउने बताउनुभएको छ । सम्वैधानिक अदालतको आदेश विपरीत क्याट्लान नेताहरुले जनमत संग्रह गराइ क्याटलोनियालाई स्वतन्त्र राज्य घोषणा गरेपछि प्रान्त र केन्द्रबीच विवाद चर्किएको हो । प्रधानमन्त्री राजोएले स्थितिलाई समान्य बनाउन क्याटलोनियामा प्रत्यक्ष शासन गर्न जरुरी परेको बताउनुभएको छ । प्रत्यक्ष शासनको घोषणा गर्दै केन्द्र सरकारले क्याटलान नेता कार्ल्स पुइज्मोन्ट र क्याटलान प्रहरी प्रमुखलाई बर्खास्त गरेको छ ।

क्याटलोनियामा भएको जनमत संग्रहमा ४३ प्रतिशत मतदाताले भाग लिएका र ती मध्ये ९० प्रतिशत स्वतन्त्रताको पक्षमा मत दिएका थिए ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *