Tuesday, January 23

प्रत्यक्ष तर्फको मतपत्रको छपाइ शुरु/कार्यतालिका अनुसार काम अगाडि बढिरहेको प्रमुख निर्वाचन आयुक्तको दृढोक्ति ।

निर्वाचन/मतपत्र छपाइ

निर्वाचन आयोगद्वारा कार्यान्वयनमा ल्याएको तालिकानुसार प्रत्यक्षतर्फको मतपत्र छपाइ शुरु गरेको छ । प्रमुख निर्वाचन आयुक्तसहितको टोलीले हिजो जनक शिक्षा सामग्री केन्द्रको अनुगमन निरीक्षण गरेपछि प्रत्यक्षतर्फको मतपत्र छपाइको काम शुरु भएको हो । आयोगले आफ्नो कार्यतालिका अनुसार कार्य अगाडि बढाइरहेकोले तोकिएको समयमै निर्वाचन सम्पन्न हुने विषयमा शंका नगर्न समेत उहाँले आग्रह गर्नुभयो ।

प्रत्यक्षतर्फ ५ गते मनोनयन दर्ता भएका ३२ जिल्लाका लागि हिजोबाट मतपत्र छपाइ शुरु भएको हो ।।

निर्वाचन/सुरक्षा

प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधिप्रसाद यादवले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन तोकिएकै मितिमा गर्ने गरी मतपत्र छपाइको काम अगाडि बढाइएको बताउनु भएको छ । निर्वाचन र सुरक्षा व्यवस्थापन विषयको २ दिने प्रशिक्षण कार्यक्रममा प्रमुख आयुक्त यादवले सो जानकारी दिनुभएको हो । निर्वाचनमा उच्च सुरक्षा व्यवस्था मिलाउन, निष्पक्ष र स्वतन्त्र भएर काम गर्न र आचार संहिताको पुरा पालना गराउन प्रमुख आयुक्त डाक्टर यादवले सरोकारवाला पक्षहरुलाइ आग्रह गर्नुभयो ।Pause निर्वाचन आयुक्त सुधिरकुमार शाहले आगामी निर्वाचनमा २ लाख ७२ हजार सुरक्षाकर्मी परिचालित हुने र कुनैपनि दल वा व्यक्तिबाट अनियमितताको प्रयास भए त्यसलाइ विफल पार्नु सुरक्षाकर्मी सफल हुने बताउनु भयो । 

कार्यक्रममा गृह सचिव मोहनकृष्ण सापकोटा, निर्वाचन आयोगका सचिव बेगेन्द्र शर्मा पौडेल र निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले निर्वाचनका बेला देखापर्ने सुरक्षा चुनौतिको सामना गर्न समन्वयात्मक ढंगले काम हुनुपर्ने बताउनु भयो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *