Tuesday, January 23

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालमा राजनीतिक स्थिरता र समृद्धिका लागि वाम एकता गरिएको बताउनुभएको छ ।

कास्की/प्रचण्ड पत्रकार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालमा राजनीतिक स्थिरता र समृद्धिका लागि वाम एकता गरिएको बताउनुभएको छ । पोखरामा आयोजित एक कार्यक्रममा उहाँले राजनीतिक अस्थिरताले विकासको गति लिन नसकेकाले राजनीतिक स्थिरता र लोकतन्त्रलाई बलियो बनाउन आवश्यक भएकामा जोड दिनुभयो । अध्यक्ष प्रचण्डले दलहरू एकआपसमा शत्रुता र निषेधात्मक नबनी विकास र समृद्धिका लागि एक जुट हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले कुनै पनि हालतमा प्रदेश र संघको निर्वाचन नरोकिने बताउँदै देशले संघीय लोकतान्त्रिक गणतन्त्रको भावनानुसारको ‘नयाँ मुलुकी ऐन’ पाएको जानकारी दिनुभयो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *