Tuesday, January 23

भक्तपुरका महिला किसानहरुले आफूहरुलाई पुरुषलाई भन्दा कम ज्याला दिइएको गुनासो गरेका छन ।

भक्तपुर/धान ज्याला

भक्तपुरका महिला किसानहरुले आफूहरुलाई पुरुषलाई भन्दा कम ज्याला दिइएको गुनासो गरेका छन । खेतमा धान काट्ने, चुट्ने र भित्र्याउने कार्यमा महिला र पुरुष दुवैले समान काम गरेपछि आफूहरुलाई कम ज्याला दिइने गरेको उनीहरुको गुनासो छ । खेतमा काम गर्दा पुरुष कृषकले दैनिक ८ सय देखि १ हजार रुपैयाँसम्म ज्याला पाउने गरेका छन् भने महिलाले ५ देखि ६ सय मात्र पाउने गरेका छन् ।

खेतमा धान काट्ने, चुट्ने र धान सफा गर्ने र भित्र्याउने कार्य महिला र पुरुष दुवैले समान ढंगबाट गर्ने गरेको कृषक धनेश्वरी सिन्तकलले बताउनुभयो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *