Tuesday, January 23

सोमालियाको राजधानी मोगादिसुमा बिद्रोही समूह अल-शवावद्वारा बम आक्रमण/ कम्तीमा १४ जनाको मृत्यु ।।

सोमालिया/बम आक्रमण

सोमालियाको राजधानी मोगादिसुमा गरिएको बम आक्रमणमा परि कम्तीमा परि कम्तीमा १४ जनाको मृत्यु भएको छ । बम बोकेको एउटा कार होटेलमा छिराएर लडाकुहरुले थप हमला गरेका थिए । अर्को बम विस्फोट संसद भवन नजिक गराइएको थियो । छुट्टा छुट्टै ति आक्रमणमा इस्लामिक लडाकु अल शवाव समूहको हात रहेको सरकारले आरोप लगाएको छ । गत हप्ता पनि मोगादिसुमा गराइएको बम आक्रमणमा ३५० जनाको मृत्यु भएको थियो । सो आक्रमणका लागी पनि अल शवाव समूह जीम्मेवार रहेको सरकारले दाबी गरको थियो । अल कायदा समूहसँग आवद्ध अल शवावले गत हप्ताको आक्रमणमा आफ्नो हात नरहेपनि गएराती गराइएको आक्रमणको जीम्मा लिएको छ ।

अल शवाव विरुद्ध लड्ने एकिकृत योजना बनाउने आजको बैठकमा भाग लिन राजधानीमा जम्मा भएका प्रान्तीय तथा केन्द्रिय नेतालाई लक्ष्य गरी सो आक्रमण गराइएको अल शवावको दाबी छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *