Tuesday, January 23

मंसिर १० गते हुने निर्वाचनका लागि प्रमुख दलहरु उम्मेदवार छान्दै/जिल्लाहरुमा निर्वाचनको चहलपहल बढ्दो ।

निर्वाचन/उम्मेदवार टुङ्गो

मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाउन प्रमुख दलका नेताहरु बैठकमा व्यस्त छन् । शीर्ष नेताहरुको उम्मेदवारी टुङ्गो लगाएको नेपाली कांग्रेसको अन्य उम्मेदवारहरु टुङ्गो लगाउन संसदीय समितिको बैठक हिजो पनि बस्यो । उम्मेदवार छान्ने विषयमा नै छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेसको बैठक बसेको छ भने चुनावी तालमेल गरेका वाम गठबन्धन एमाले-माओवादी पार्टीको संयुक्त समितिको बैठक बसेको छ ।

दुइ पार्टीका उम्मेदवारहरुको टुङ्गो आजसम्म गरिसक्ने एमाले नेता गोकर्ण विष्टले जानकारी दिनुभयो । नेपाली कांग्रेस संसदीय समितिको अस्ति बसेको बैठकले दोस्रो चरणको निर्वाचनका लागि २२ जना उम्मेदवारको नाम टुङ्गो लगाइसकेको छ भने वाम गठबन्धनले पनि केही शीर्ष नेताहरुको उम्मेदवारी टुङ्गो लगाइसकेको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *