Tuesday, January 23

न्युयोर्कको लोअर म्यानह्याटनमा ट्रकले ठोक्काएर ८ जनाको मृत्यु/११ जना घाइते/ ट्रकमा रहेका एकजना व्यक्ति पक्राउ ।

अमेरिका/ट्रक दुर्घटना

न्युयोर्कको लोअर म्यानह्याटनमा ट्रकले ठोक्काएर ८ जनाको मृत्यु भएको छ । घटनामा ११ जना घाइते भएका छन् । घटना गराएको आशंकामा ट्रकमा रहेका एकजना २९ वर्षीय व्यक्तिलाई प्रहरीले गोली हानी पक्राउ गरेको छ । अमेरिकी संचारमाध्यमहरुका अनुसार पक्राउ पर्ने व्यक्ति सन् २०१० मा फ्लोरिडामा बसाईं सरेका आप्रवासी हुन् । न्युयोर्कका मेयरले घटना सर्वसाधारणमा त्रास सृजना गराउने उद्देश्यले गरिएको बताउनुभएको छ ।

न्युयोर्क प्रहरीका प्रमुखले घाइतेहरुको अवस्था सामान्य रहेको जानकारी दिनुभएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *