Tuesday, January 23

माओवादी केन्द्रका पूर्व सभासद बालकृष्ण ढुंगेल हत्या अभियोगमा पक्राउ/१२ वर्ष कैद सजाय भुक्तान गर्ने गरी डिल्लीबजार कारागार चलान ।

बालकृष्ण ढुंगेल/पक्राउ

नेकपा माओवादी केन्द्रका पूर्व सभासद वालकृष्ण ढुंगेललाइ पक्राउ गरी जेल चलान गरिएको छ । ढुंगेललाइ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलिले ललितपुर स्थित उनको डेराबाट पक्राउ गरेको हो । प्रहरीले पक्राउ गरे लगत्तै उनलाइ काठमाडौ जिल्ला अदालतमा पेश गरेको थियो । अदालतको तहसिल शाखाले ढुंगेललाइ १२ वर्ष ५ महिना २२ दिन कैद भुक्तान गर्ने गरी हिजै डिल्लीबजार कारागार चलान गरेको हो ।

ओखलढुंगाको पोकलीका उज्जन श्रेष्ठको हत्या अभियोगमा ढुंगेललाइ ओखलढुंगा जिल्ला अदालतले सर्वस्व सहित जन्म कैद फैसला गरेको थियो । १२ वर्ष अघि गरिएको सो फैसलालाइ राजविराजस्थित पुनरावेदन अदालतले उल्टाएको थियो । २०६६ साल पुष १९ गते सर्वोच्च अदालतले जिल्ला अदालतको फैसलालाइ सदर गर्दै ढुंगेललाइ सर्वस्व सहित जन्म कैदको फैसला सुनाएको थियो ।

सर्वोच्चको फैसालपछि फरार जस्तै रहेका ढुंगेललाइ प्रहरीले पक्राउ गरी हिजो अदालतमा पेश गरेको हो । उनलाइ सर्वोच्च अदालतले तोकेको कैद भुक्तान गर्न थुनुवा पुर्जी दिएर कारागार चलान गरिएको काठमाडौ जिल्ला अदालतका फैसला कार्यान्वयन अधिकारी ध्रुवकुमार ढकालले जानकारी दिनुभयो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *