Tuesday, January 23

एएफसी १९ वर्ष मुनीको च्याम्पियनसीपको समुह ए अन्तर्गत छनौट खेलमा नेपाल किर्गिजस्तानसंग शुन्यका विरुद्ध २ गोलले पराजित ।।

फुटबल/नेपाल किर्गिजस्तान

१९ वर्ष मुनिको एएफसी च्याम्पियनशिपको समुह ए अन्तर्गत छनोट खेलमा नेपाल किर्गिजस्तानसँग पराजित भएको छ । राजधानी विस्केकमा हिजो भएको पहिलो छनोट खेलमा किर्गिजस्तानले नेपाललाई सुन्यका विरुध्द २ गोलले पराजित गर्‍यो । एकतर्फी रुपमा किर्गिजस्तानको पक्षमा रहेको खेलमा नेपालले पहिलो हाफमा १ गोल र दोस्रो हाफको अन्त्यतिर १ गोल खाएको थियो । समुह ए मा रहेका बाँकी देशमा बहरिन, ओमान र संयुक्त अरब इमिरेट्स छन ।

नेपालले छनोट अन्तर्गत आफ्नो दोस्रो खेल बहरिन संग पर्सि विहिवार खेल्ने छ । समुहको शीर्ष स्थानमा आउने टिमले १९ वर्ष मुनिको ए एफ सी च्याम्पियनशिप प्रतियोगितामा भाग लिन पाउने छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *