Sunday, January 21

राष्ट्रिय र अन्तराष्ट्रिय बजारमा नेपाली अर्थोडक्स चियाको विस्तार गर्ने उदेश्यले इलामको कन्याममा एक दिने ‘टि टेस्टिङ्ग’ कार्यक्रम आयोजना

इलाम/चिया ई-टेस्टिङ

राष्ट्रिय र अन्तराष्ट्रिय बजारमा नेपाली अर्थोडक्स चियाको विस्तार गर्ने उदेश्यले इलामको कन्याममा एक दिने ‘टि टेस्टिङ्ग’ कार्यक्रम आयोजना गरिएको छ । नेपालमा उत्पादन हुने चियाको अन्तराष्ट्रिय बजार निर्यात गर्न सहयोग पुर्‍याउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

चिया तथा कफि विकास बोर्डले आयोजना गरेको सो कार्यक्रममा नेपाल र भारतका चिया व्यवासायीको सहभागिता रहेको थियो । नेपाल र भारतका व्यावसायीबिच समन्वय बढाउनका लागि कार्यक्रम फलदायी भएको चिया तथा कफि विकास बोर्डका कृषि अधिकृत नविन कोइरालाले बताउनुभयो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *