Monday, February 19

प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका लागि काँग्रेस र एमालेले उम्मेदवार छनौटको अन्तिम गृहकार्य गर्दै ।

लोकतान्त्रिक गठबन्धन/छलफल

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत दोस्रो चरणमा हुने निर्वाचनका लागि नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा आवद्ध दलहरुबीच सिट बाँडफाँडको बिषयलाई लिएर अन्तिम गृहकार्य भइरहेको छ । गठबन्धनमा आवद्ध दलहरुले उम्मेदवारी नदिने जिल्लाहरुमा भने  काँग्रेसले उम्मेद्वारको टुङ्गो लगाइसकेको जनाएको छ ।

राप्रपा, राप्रपा प्रजातान्त्रिक, राजपा र संघीय समाजवादी फोरमसँग गठबन्धन भएका जिल्लाहरुको उम्मेद्वारी तय गर्न प्रधानमन्त्री निबास बालुवाटारमा लोकतान्त्रिक गठबन्धनको बैठक अहिले बसिरहेको छ ।

यसैगरी नेपाली काँग्रेसका उम्मेद्वारहरु छनौटका लागि कंग्रेस संसदीय बोर्डको बैठक पनि बालुवाटारमै बसिरहेको छ । दोस्रो चरणको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि भोलि मनोनय दर्ता गर्नुपर्ने भएकाले सिटसंख्या र उम्मेद्वार आजै मध्यरातसम्म टुङ्गो लगाइसक्ने काँग्रेस नेता बालकृष्ण खाँडले जानकारी दिनुभयो । अ

र्कोतर्फ बाम गठबन्धनमा आवद्ध एमाले र माओवादी केन्द्रले भने निर्वाचनका लागि क्षेत्र बाँडफाँड टुङ्ग्याइसकेको बताएका छन् । दोस्रो चरणमा ४५ वटा जिल्लामा आगामी मंसीर २१ गते  प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *