लोकतन्त्रको सुदृढीकरण र राजनीतिक स्थायीत्वका लागि वाम गठबन्धन गरिएको र त्यसलाइ विस्तार गरिने एमाले अध्यक्ष ओलीको भनाइ । – Nepal Television-Communication for Development
Monday, December 11

लोकतन्त्रको सुदृढीकरण र राजनीतिक स्थायीत्वका लागि वाम गठबन्धन गरिएको र त्यसलाइ विस्तार गरिने एमाले अध्यक्ष ओलीको भनाइ ।

एमाले स्थायी कमिटी बैठक

आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन नेकपा एमाले स्थायी कमिटिको बैठक बसिरहेको छ । उपाध्यक्ष वामदेव गौतम निवास भैसेपाटीमा बसेको बैठकले उम्मेदवारको टुंगो लगाउन लागेको हो ।

अहिलेसम्म प्रदेश ६ र ७ का प्रदेशसभा र प्रतिनिधिसभाका उम्मेदवारको टुंगो लगाइसकेको छ । जारी बैठकमा १,२,३,४ र ५ नम्वर प्रदेशका उम्मेदवारहरुको नाम टुंगो लगाउने काम भैरहेको छ ।

वामगठवन्धन अन्तर्गत आफ्नो पार्टीको भागमा परेका सबै उम्मेदवारको नाम आजै टुंगो लगाउने गरी काम भैरहेको एमाले नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । यसअघि हिजै एमाले र माओवादी केन्द्रबीच ६० र ४० प्रतिशतको मापदण्डमा क्षेत्रगत बाडफाँडको सहमति भैसकेको छ ।।

एमाले/बाम एकता केपी ओली प्रतिक्रिया

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रको सुदृढीकरण र राजनीतिक स्थायीत्वका लागि वाम गठबन्धन गरिएको बताउनु भएको छ । ललितपुर भैसेपाटीमा आयोजित नेकपा एमाले, जनमोर्चा नेपाल तथा राष्ट्रिय जागरण परिषदबीच भएको एकता कार्यक्रमपछि अध्यक्ष ओलीले वामगठवन्धनलाई अझ बिस्तार गरिने बताउनुभयो । 

त्यसबखत जनमोर्चा नेपालका अध्यक्ष साध्यबहादुर भण्डारीले राष्ट्रिय सम्वृद्धिको लागि वाम एकता आजको आवश्यकता रहेको बताउनुभयो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *