Sunday, January 21

डडेल्धुराका पाँच वटा गाउपालिकामा वैंक स्थापना हुन नसक्दा जनताले आर्थिक कारोवार गर्न समस्या

डडेलधुरा/बैक समस्या

डडेल्धुराका पाँच वटा गाउपालिकामा वैंक स्थापना हुन नसक्दा जनताले आर्थिक कारोवार गर्न समस्या झेलि रहेका छन । प्रत्येक स्थानीय तहमा अनिवार्य रुपमा वैंक स्थापना गर्ने भनिए पनि डडेल्धुराका सात स्थानीय तह मध्ये दुई नगरपालिकामा मात्र वैंक संचालन भएको छ ।  

अन्य पाँच गाउपालिकामा अझै बैंकको स्थापना हुन सकेको छैन । भागेश्वर गाउपालिका, अजयमेरु गाउपालिका, आलिताल गाउपालिका, नवदुर्गा गाउपालिका र गन्याप धुरा गाउपालिकामा हाल सम्म वैंक स्थापना हुन सकेको छैन । जनताले आर्थिक कारोवारका लागि जिल्ला सदरमुकाम धाउनु पर्ने वाध्यता रहेको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *