दोस्रो चरणको निर्वाचनका लागि आज उम्मेदवारहरुले मनोनयनपत्र दर्ता गराउँदै/ मनोनयन दर्तामा उत्साहका साथ सहभागी हुन निर्वाचन आयोगको आह्वान । – Nepal Television-Communication for Development
Monday, December 11

दोस्रो चरणको निर्वाचनका लागि आज उम्मेदवारहरुले मनोनयनपत्र दर्ता गराउँदै/ मनोनयन दर्तामा उत्साहका साथ सहभागी हुन निर्वाचन आयोगको आह्वान ।

दोस्रो चरण निर्वाचन/मनोनयन

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन अन्तर्गत आज अर्को महत्वपूर्ण दिन हो । किनकी दोस्रो चरणमा हुने निर्वाचनका लागि आज उम्मेदवारहरुले मनोनयनपत्र दर्ता गराउँदैछन् । प्रदेशसभा र प्रतिनिधिसभाका लागि दोस्रो चरण अन्तरगत ४५ जिल्लामा आउदो मंसिर २१ गते मतदान हुनेछ । दोश्रो चरणमा प्रतिनिधिसभाका लागि १ सय २८ र प्रदेश सभाका लागि २ सय ५६ स्थानका लागि निर्वाचन हुँदैछ ।

मनोनयनपत्र दर्ता अहिले बिहान १० देखि ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दर्ता गर्न सकिने कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छ । मनोनयन दर्तामा उत्साहका साथ सहभागी हुन निर्वाचन आयोगको आह्वान गरेको छ । 

यसैबीच निर्वाचन आयोगले समानुपातिकतर्फको मतपत्र छपाइको काम सम्पन्न भइसकेको र प्रत्यक्ष तर्फका लागि प्रतिनिधिसभा र प्रदेशसभाका अलग-अलग मतपत्र छाप्ने काम भइरहेको जनाएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *