मनोनयन दर्ताका लागि थोरै समय बाँकी रहँदा पनि उम्मेदवारको टुङ्गो लगाउन दलहरु अन्तिम गृहकार्यमा/ठूल दलका शीर्ष नेताहरु आज मनोनयन दर्ता गर्दै । – Nepal Television-Communication for Development
Monday, December 11

मनोनयन दर्ताका लागि थोरै समय बाँकी रहँदा पनि उम्मेदवारको टुङ्गो लगाउन दलहरु अन्तिम गृहकार्यमा/ठूल दलका शीर्ष नेताहरु आज मनोनयन दर्ता गर्दै ।

लोकतान्त्रिक गठबन्धन/छलफल

यसैबीच नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा आवद्ध दलहरुबीच सिट बाँडफाँडको अन्तिम गृहकार्य अझै पनि भइरहेको छ । लोकतान्त्रिक गठबन्धनको नेतृत्व गरेको नेपाली कांग्रेसले संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी नेपाल र राष्ट्रिय प्रजातान्त्र पार्टीसँग सहमतिको प्रयास अझै जारी राखेको छ ।

गठबन्धनमा आवद्ध दलहरुले उम्मेदवारी नदिने जिल्लाहरुमा भने काँग्रेसले उम्मेद्वारको टुङ्गो लगाइसकेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज डडेलधुराबाट उम्मेदवारी दर्ता गराउँदै हुनुहुन्छ भने बरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ १ मा उम्मेदवारी दर्ता गराउँदै हुनुहुन्छ ।।

एमाले स्थायी कमिटी/बैठक

यसैगरी आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बाम गठबन्धनले भने उम्मेदवारहरुको टुङ्गो लगाइसकेको छ । गठबन्धनमा आवद्ध नेकपा एमाले र नेकपा माओवादी केन्द्रका साथै अन्य दलका नेताहरुको बैठकले गरेको सहमति अनुसार उम्मेदवारहरुको टुङ्गो लगाइएको हो । उम्मेदवार टुङ्गो लगाएर आज हुने मनोनयनका लागि पार्टीको जिल्ला निकायमा नाम समेत पठाइसकिएको नेताहरुले जानकारी दिनुभयो ।

मनोनयन दर्ता गर्ने क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओलीले झापा- ५, बरिष्ठ नेता झलनाथ खनाल इलाम १ र माधवकुमार नेपालले काठमाडौं २ बाट उम्मेदवारी दिंदै हुनुहुन्छ । त्यसैगरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन ३ बाट उम्मेदवारी दिंदै हुनुहुन्छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *