Monday, February 19

भारतको उत्तर प्रदेशस्थित एक कोइला उत्पादन केन्द्रमा बिस्फोट/१६ जनाको मृत्यु/सय भन्दा बढी घाइते ।।

भारत/कोइलाखानी बिस्फोट

भारतको उत्तर प्रदेशस्थित एउटा कोइला उत्पादन केन्द्र भएको बिस्फोटमा १६ जनाको मृत्यु भएको छ । बिस्फोटमा परी करिब १ सय जना घाइते भएका छन् । घाइतेमध्ये १० जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ । भारत सरकारबाट संचालित नेशनल थर्मल पावर कर्पोरेशनका अनुसार बिस्फोटअघि अकास्मत अस्वभाविक किसिमको आवाज आएको थियो ।

यसैगरी ग्यासको गन्ध र धुँवाका मुस्लोहरु आएसँगै बिस्फोट भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । प्रारम्भिक अनुसन्धानमा कोइला उत्पादन केन्द्रको चिम्नीमा धुवाँ जमेपछि उत्पन्न दवावले बिस्फोट भएको देखिएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *