Sunday, January 21

घरेलु काममा लगाउने भन्दै सडक बालकलाई भारतमा लगेर बेच्ने गिरोहका एकजना भारतिय सहित ३ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

मोरङ/बालक उद्धार

घरेलु काममा लगाउने भन्दै सडक बालकलाई भारतमा लगेर बेच्ने गिरोहका एकजना भारतिय सहित ३ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । जोगबनी नाका हुँदै भारततर्फ लैजान लागेको अवस्थामा ३ जना बालकसहित भारत मुरदबाका मंजित सिंह र सुनसरी इटहरीका राजु भण्डारी र सुरज ऋषिदेवलाई पक्राउ गरिएको मोरङका प्रहरी उपरीक्षक अरुण कुमार बिसीले जानकारी दिनुभयो । उनीहरुले नेपालबाट भारतिय सिमासम्म लगेवापत प्रति बालक १५ सय रुपैयाँ र सिमाबाट सम्बन्धित व्यक्ति सम्म पुर्‍याएवापत ४ हजार भारतिय रुपैया पाउने गरेका थिए । सडक बालकलाई खोजी-खोजी भारत लैजाने गरेको उनीहरुले स्वीकारेका छन् । अहिलेसम्म पूर्वाञ्चलका १० जना सडक बालकलाई उनीहरुले भारतका विभिन्न ठाँउ पुर्‍याईसकेको प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध मानव बेचबिखन अन्तर्गत मुद्दा चलाइएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *