कालोबजारी र अस्वाभाविक नाफाखोरी गरेको अभियोग लागेपछि प्रहरीबाट लुक्दै हिँडेका व्यापारीहरुलाइ काठमाडौ महानगरीय प्रहरी परिसरले पक्राउ – Nepal Television-Communication for Development
Monday, December 11

कालोबजारी र अस्वाभाविक नाफाखोरी गरेको अभियोग लागेपछि प्रहरीबाट लुक्दै हिँडेका व्यापारीहरुलाइ काठमाडौ महानगरीय प्रहरी परिसरले पक्राउ

ठग व्यापारी पक्राउ

कालोबजारी र अस्वाभाविक नाफाखोरी गरेको अभियोग लागेपछि प्रहरीबाट लुक्दै हिँडेका व्यापारीहरुलाइ काठमाडौ महानगरीय प्रहरी परिसरले पक्राउ गरेको छ । दशैं तिहारका बेला काठमाडौको दरबारमार्गका ११ जना व्यापारीहरु कालोबजारीको आरोपमा प्रहरीको खोजीमा थिए । तीमध्ये प्रहरीले ८ जनालाइ हिजो पक्राउ गरेको हो ।

काठमाडौ महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रामदत्त जोशीले पक्राउ परेका व्यापारीहरुमाथि अनुसन्धान शुरु भएको बताउनुभयो । अभियोग प्रमाणित भए १० वर्षसम्म जेल सजाय हुने र विक्री गरेको माल फिरता लिनुपर्ने कानूनी व्यवस्था रहेको पनि उहाँले बताउनुभएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *