Sunday, January 21

खेल मैदानमा खेलाडीहरुको खेल कौशल होइन की एउटा कुकुरले उधुम मच्चाए

सकर/भाइरल 

आजको खेलकूद समाचारमा फुटबल मैदानमा भएको रोचक दृष्य प्रस्तुत गर्दैछौं । खेल मैदानमा खेलाडीहरुको खेल कौशल होइन की एउटा कुकुरले उधुम मच्चाएपछि भाइरल बनेको दृष्य हो यो । बोलेभियाको एउटा फुटबल मैदानमा ब्लुमिङ र न्यसिन्योल पोटोसी क्लबबीच खेल भइरहेको थियो । खेलको ३७औं मिनेटमा हेरचाह गर्ने व्यक्तिको हातबाट फुत्किएर एउटा कुकुर बीच मैदानमा पुग्यो । रेफ्रीले खेल रोके । कुकुर चुप लागेर बसेन, सिधै बललाई झम्टेर मुखमा लियो र केही बेर खेलायो पनि । त्यसपछि मुखमा बल च्यापेर कुकुर बेतोडले दौडिन थाल्यो । बल्लतल्ल एकजना खेलाडीले कुकुरलाई नियन्त्रणमा लिए र हेरचाह गर्ने व्यक्तिले समाते ।

कुकुरको मैदान प्रवेशले दुईवटा क्लबबीचको खेलको नतिजा भने उल्टियो । ३७औं मिनेट अघि १ का विरुद्ध २ गोलले न्यासिन्योल अगाडि थियो भने कुकुर काण्डपछि ब्लुमिङले लगातार ३ गोल गर्‍यो र नतिजा आफ्नो पक्षमा पार्‍यो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *