Sunday, January 21

राष्ट्रिय टोलिका क्याप्टेन अनील गुरुङको फुटबलबाट सन्यास ।।

फुटबल खेलाडी/अनील गुरुङ सन्यास

नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान अनिल गुरुङले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन। ललितपुरको सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आज फिलिपिन्स विरुध्द एएफसि एसियन कप छनोट खेले पछी अनिलले अन्तर्राष्ट्रिय फुटबल बाट सन्यास लिएका हुन ।

सन् २००७ मा ओमान विरुध्द फिफा विश्वकप छनोट खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा सुरुवात गरेका अनिलले ९ वटा अन्तर्राष्ट्रिय गोल गरेका छन । फिलिपिन्स विरुध्दको खेल सकिएपछी अखिल नेपाल फुटबल संघ एन्फाले अनिल लाइ प्रसंसा पत्र सहित एउटा कोट लगाइ सम्मान गरेको थियो । खेल सकिएपछि पत्रकारसंगको भेटमा अनिले फुटबल बाट आफुले धेरैकुरा पाएकोले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिए पनि क्लब बाट हाल लाइ खेल जारी राख्ने बताए।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *