Tuesday, January 23

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको हत्यामा संलग्न अभियुक्तहरुलाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको

प्रहरी/पत्रकार सम्मेलन

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको हत्यामा संलग्न अभियुक्तहरुलाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । महानगरीय प्रहरी महाशाखाद्वारा आयोजित पत्रकार सम्मेलनमा अतिरिक्त प्रहरी महानिरीक्षक जयबहादुर चन्दले घटनामा संलग्न ८ जना अभियुक्तहरु अझै फरार रहेको जानकारी दिनुभएको थियो ।

घटनामा नुवाकोट निवासी राजीव स्याङताङ, पर्साका शिवजी महतो, भारत बिहारका मुकेश कुमार पाण्डे, पर्साका सन्तोष गुरुङ, काठमाण्डौ जिल्ला नागार्जुनका प्रकाश बुढाथोकी संलग्न रहेका छन् ।

प्रहरीका अनुसार निर्माण व्यवसायी गौचनलाई अभियुक्तहरुले एक महिना अगाडिदेखि निगरानिमा राखेको र हत्यामा प्रयोग गरिएको मोटरसाइकल भारतको बेतियाबाट खरीद गरी नेपाली नम्बर प्लेट राखि प्रयोग गरिएको थियो । निर्माण व्यवसायी शरद कुमार गौचनको गत अषोज २३ गते प्रयागमार्ग चोक नयाँबानेश्वरमा गोली हानि हत्या गरिएको थियो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *