बाँके/प्रम कार्यक्रम
प्रधानमन्त्री शेरबहादुर देउवाले निर्बाचनलाई भयरहित बाताबरणमा शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि आबश्यक सुरक्षा ब्यबस्था मिलाउन प्रशासनिक तथा सुरक्षा निकायलाई निर्देशन दिनु भएको छ ।
५ नम्बर प्रदेश अन्तरगतका १६ वटा जिल्लाका सुरक्षा र प्रशासनिक निकायका प्रमुखहरुको सुरक्षा बैठकलाई सम्बोधन गर्दे प्रधानमन्त्री देउवाले प्रतिनिधि तथा प्रदेशसभाको निर्बाचन सम्पन्न गर्नु मुलुकको राष्ट्रिय प्राथमिकता भएको बताउनु भयो । केही जिल्लाहरुमा निर्बाचनलाई असर पुराउने किसिमका घटनाहरु भएको बताउनुहुँदै प्रधानमन्त्री देउवाले त्यस्ता घटनाहरु दोहोरिन नदिनका लागि सुरक्षा ब्यबस्थालाई थप प्रभबाकारी बनाउन आबश्यक भएको बताउनु भयो ।
सुरक्षा बैठकमा ५ नम्बर प्रदेश अन्तरगतका १६ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, शसस्त्र प्रहरीबल, राष्ट्रिय अनुसन्धानका साथै नेपाली सेनाका जिल्ला तहका प्रमुख लगायत त्यस क्षेत्रमा रहेका प्रदेश तहका सुरक्षा तथा प्रशासनिक तहका प्रमुखहरु सहित सुरक्षा निकायका प्रमुखहरु सहभागी हुनुहुन्थ्यो ।।
भोजपुर/उम्मेदवारमाथि आक्रमण
भोजपुरबाट प्रदेशसभा ख का उम्मेदवार समेत रहनुभएका पूर्व सुचना तथा सञ्चार मन्त्री शेरधन राई चढेको गाडीमा बम प्रहार गरेको अभियोगमा कृष्ण साङपाङ राई पक्राउ परेका छन । आज विहान भोजपुर सदरमुकाम देखि टेम्के मैयुँ गाउँपालिकाको कोटतर्फ चुनावी सभामा जाँदै गर्दा गुम्वा भन्ने ठाउँमा पूर्व मन्त्री राई सवार गाडीमा बम प्रहार भएको थियो ।
बम प्रहारबाट राईको सुरक्षमामा खटिएको असई डिल्लिबहादुर देवकोटाको दाहिने हातमा चोट लागेको र गाडीको अगाडीको भागमा क्षति पुगेको छ । गाडीमा बम प्रहार गरेपछि राईको सुरक्षा गार्डले आक्रमणको जावफी कार्वाही स्वरुप २१ राउण्ड गोलि प्रहार गरेका थिए ।
यसैबीच पूर्व मन्त्री राईले आक्रमणबाट आफु सुरक्षित भएको जानकारी दिनुभएको छ । प्रमुख जिल्ला अधिकारी चेतराज बरालले आक्रमणकारीलाइ नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको बताउनुभएको छ ।।