Friday, April 20

नेपाल मलेसियामा जारी एसिसि यु-१९ एसिया कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ

एसिसि यु-१९ एसिया कप क्रिकेट

नेपाल मलेसियामा जारी एसिसि यु-१९ एसिया कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वालालम्पुर स्थित बायोमास ओभलमा आज मलेसियालाइ ८ विकेटले पराजित गरेपछी र बंगलादेशले भारत लाइ ८ विकेटले हराए पछी दुबै टिम सेमिफाइनलमा प्रवेश गरे । नेपाल यु-१९ एसिया कपको समुह चरण पार गरी दोस्रो चरणमा प्रवेश गरेको यो नै पहिलो पटक हो । टस हारी पहिलो ब्याटिङ गरेको मलेसियाले १५ ओभर ३ बल खेली ४५ रन मात्र बनाउन सक्यो । ४६ रनको लक्ष नेपाले ५ ओभर २ बलमा २ विकेटको क्षतीमा सजिलै भेट्टायो । नेपालको लागि अनिलकुमार साहले अविजित २६ रन बनाएका थिए ।

निर्धारित ५० ओभरको खेल वर्षाको कारण २४-२४ ओभरमा घटाइएको थियो । मलेसियालाइ सस्तैमा समेट्न सन्दिप लामिछानेले ५ विकेट लिए । यस्तै नेपालका कप्तान दीपेन्द्र सिंह ऐरि र सहाबव आलमले समान २-२ विकेट लिए भने अनिलकुमार साहले १ विकेट लिए । समुह ए बाट उपविजेता बनि सेमिफाइनलमा प्रवेश गरेको नेपालले सुक्रवार  अफगानिस्तानसंग खेल्ने छ । समुह ए बाट विजेता बनेको बंगलादेशले सेमिफाइनलमा विहिवार पाकिस्तानसंग खेल्ने छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *