Tuesday, January 23

बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनी गेजुवासँग भएको समझदारीपत्र सरकारद्वारा खारेज ।

मन्त्रिपरिषद बैठक

सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनी गेजुवासँग भएको समझदारीपत्र खारेज गरेको छ । 
मन्त्रिपरिषद्को आजको बैठकले गत जेठमा भएको सो सम्झौता खारेज गरेको हो । उपप्रधानमन्त्री एवं ऊर्जा मन्त्री कमल थापाले संसदीय समितिको निर्देशनअनुसार नै सो सम्झौता खारेज गरिएको ट्वीट मार्फत जानकारी दिनुभएको छ ।।

लगानि बोर्ड बैठक

लगानी बोर्डको आज बसेको बैठकले दुई ठूला जलविद्दुत आयोजनाको म्याद थप गरेको छ । प्रधानमन्त्रीको अध्यक्षतामा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकले माथिल्लो कर्णाली जलविद्युत आयोजनाको म्याद १ वर्ष र अरुण तेश्रो जलविद्युत आयोजनाको म्याद ६ महिना थप गर्ने निर्णय गरेको हो । बैठकमा नेपालको सिभिल इण्डष्ट्रिजको मुल्याङ्कन र लगानिका संभाव्यता सम्बन्धि छलफल पनि भएको थियो । आजको बैठकमा लगानी बोर्डले कस्ता आयोजनाहरुलाई अगाडी बढाउने तथा नेपालमा मोनो रेलको संभाव्यता सम्बन्धि छलफल पनि भएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले जानकारी दिनुभयो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *