Tuesday, May 22

एनालग टेलिभिजन सिग्नलको प्रसारण आजबाट पूर्ण रुपमा प्रतिबन्ध/डिजिटल प्रसारणको सरकारद्वारा अनुगमन शुरु ।

संचार मन्त्रालय/डिजिटल अनुगमन

सरकारले आजबाट एनालग टेलिभिजन सिग्नलको प्रसारणलाइ पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ । अब नेपाली आकाशमा एनालग टेलिभिजन सिग्नल प्रसारण गर्न पाइनेछैन । सूचना तथा संचार मन्त्रालयले कानूनी रुपमा नै अबदेखि डिजिटल प्रविधिमा आधारित टेलिभिजन प्रसारण शुरु गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरिसकेको छ । यसको कार्यान्वयनको अवस्थाका बारेमा अनुगमन गर्न संचार मन्त्रालयले केबल टेलिभिजनमार्फत प्रसारण गरिरहेका सेवा प्रदायक संस्थाहरुको अनुगमन शुरु गरेको छ ।

हाल ९ वटा केबल टेलिभिजन सेवा प्रदायक संस्थाले डिजिटल टेलिभिजन प्रसारणका लागि, एउटा संस्थाले स्याटेलाइट मार्फत र अर्को एउटा संस्थाले इन्टरनेटमा आधारित डिजिटल प्रसारणको अनुमति प्राप्त गरेका छन । यसैबीच अनुगमन टोलीका संयोजक अनुप नेपालले अबदेखि अनुगमनमा एनालग प्रसारण गरेको पाइए त्यस्तो प्रसारण तत्काल बन्द गर्न आग्रह गरिने र सो अनुसार नगरे कानूनी प्रक्रिया अगाडि बढाइने बताउनुभयो । 

अनुगमन टोलीले आज सुविसु नेट प्रालिको अनुगमन गरेको थियो ।अन्तर्राष्ट्रिय प्रतिवद्धता अनुसार पनि नेपालले सन् २०१७ को डिसेम्वरभित्र आफ्ना सबै प्रसारणहरुलाइ डिजिटल प्रविधिमा लगिसक्नुपर्ने बाध्यात्मक व्यवस्था छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *