लियोनार्दो दा भिन्चीले बनाएको क्राइस्टको पाँचसय वर्ष पुरानो एउटा चित्रकला ४५ करोड अमेरीकी डलरमा विक्री भएको छ – Nepal Television-Communication for Development
Monday, December 11

लियोनार्दो दा भिन्चीले बनाएको क्राइस्टको पाँचसय वर्ष पुरानो एउटा चित्रकला ४५ करोड अमेरीकी डलरमा विक्री भएको छ

लियोनार्दो/चित्र बिक्री

लियोनार्दो दा भिन्चीले बनाएको क्राइस्टको पाँचसय वर्ष पुरानो एउटा चित्रकला ४५ करोड अमेरीकी डलरमा विक्री भएको छ । स्याल भेटर मुण्डी अर्थात सेभिएर अफ द वर्ल्ड नाम दिईएको सो चित्रकला हालसम्मकै उच्च मुल्यमा बिक्रि भएको हो ।

क्राइस्टको एउटा हात उठेको र अर्को हातले सिसाको गोलाकार वस्तु समातेको देखिने चित्रलाई अमेरिकाको न्युयोर्क शहरमा भएको लिलाम बढाबढमा एक परिचय नखुलेका ग्राहकले खरिद गरेको समाचारमा जनाईएको छ ।

सन् १९५८ मा उक्त चित्रकला लण्डनमा ६० डलरमा विक्री भएको थियो । लियोनार्दो दा भिन्चीको मृत्यु सन् १५१९ मा भएको थियो र उनका २० भन्दा कम चित्रकला अस्तित्वमा छन् । ती मध्ये स्यालभेटर मुण्डी नामक चित्रकला सन् १५०५ मा बनाइएको ठानिएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *