मंसीर १० गते निर्वाचन हुने ३२ जिल्लाका मतदान केन्द्रहरुमा निर्वाचन अधिकृतहरु पुग्ने क्रम सुरु/भोलि मध्यरातबाट मौन अवधि सुरु हुने । – Nepal Television-Communication for Development
Monday, December 11

मंसीर १० गते निर्वाचन हुने ३२ जिल्लाका मतदान केन्द्रहरुमा निर्वाचन अधिकृतहरु पुग्ने क्रम सुरु/भोलि मध्यरातबाट मौन अवधि सुरु हुने ।

निर्वाचन आयोग/अपडेट

पहिलो चरणको निर्वाचन हुन अब चार दिन बाँकी छ । मंसीर १० गते पहिलो चरणमा  निर्वाचन हुने ३२ जिल्लाका मतदान केन्द्रहरुमा निर्वाचन अधिकृतहरु पुग्ने क्रम सुरु भएको छ । निर्वाचन आयोगका अनुसार भोलिसम्ममा मतदान केन्द्रहरुमा निर्वाचन अधिकृतहरु पुगिसक्ने छन् । निर्वाचन अधिकृतहरुसँगै कर्मचारी, सुरक्षाकर्मी र मतदानका लागि आवश्यक सामग्रीहरु पनि मतदान केन्द्रमा पुग्ने क्रम सुरु भएको छ । यसैबीच भोलि मध्यरातबाट मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

मौन अवधिमा निर्वाचन प्रचार प्रसार सम्बन्धी कुनै पनि काम नगर्न आयोगले सबै राजनीतिक दल र उम्मेदहरुलाई आग्रह गरेको छ । मौन अवधि सुरु हुनुअघि उम्मेदवारहरुले अन्तिम चुनाव प्रचारप्रसारलाई तीव्रता दिएका छन् । यसक्रममा आज र भोलि दल र उम्मेदवारहरुले अन्तिम चरणको चुनावी सभाहरुको आयोजना गर्दैछन् ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *