आइ सि सि वर्ल्ड क्रिकेट लिग च्याम्पियनशिप अन्तर्गत संयुक्त अरव इमिरेट्स युएइ विरुध्दको खेलको लागी दोस्रो चरणको शिविरमा पर्ने २० खेलाडिको नाम सार्वजनिक भएको छ – Nepal Television-Communication for Development
Monday, December 11

आइ सि सि वर्ल्ड क्रिकेट लिग च्याम्पियनशिप अन्तर्गत संयुक्त अरव इमिरेट्स युएइ विरुध्दको खेलको लागी दोस्रो चरणको शिविरमा पर्ने २० खेलाडिको नाम सार्वजनिक भएको छ

क्रिकेट/नाम छनौट

आइ सि सि वर्ल्ड क्रिकेट लिग च्याम्पियनशिप अन्तर्गत संयुक्त अरव इमिरेट्स युएइ विरुध्दको खेलको लागी दोस्रो चरणको शिविरमा पर्ने २० खेलाडिको नाम सार्वजनिक भएको छ । युएइमा आउँदो डिसेम्बर ६ र ८ तारिखमा हुने विश्व लिग च्याम्पियनशिपको लागी २० खेलाडीको नाम सार्वजनिक गरिएको हो । आइसीसी प्रतिनिधी अनिमुल इस्लाम, नेपाली प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित छनोट समितिले आज २० खेलाडिको नाम सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको २० खेलाडिमा अनिलकुमार शाह र हसिम अन्सारिले पहिलो पटक स्थान बनाएका छन । चोटको कारण महबुब आलम र सौरव खनालले आफ्नो नाम फिर्ता लिएको छनोट समितिले जनाएको छ । अब यो २० खेलाडीबाट अन्तिम १४ खेलाडीको नाम घोषणा हुने छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *