कृतिम प्रकाशको बढ्दो प्रयोगले पृथ्वीका बस्ने जिवजन्तुमा नकारात्मक प्रभाव पारिरहेको एक अध्ययनले देखाएको छ । – Nepal Television-Communication for Development
Monday, December 11

कृतिम प्रकाशको बढ्दो प्रयोगले पृथ्वीका बस्ने जिवजन्तुमा नकारात्मक प्रभाव पारिरहेको एक अध्ययनले देखाएको छ ।

विज्ञान/कृतिम प्रकाश

कृतिम प्रकाशको बढ्दो प्रयोगले पृथ्वीका बस्ने जिवजन्तुमा नकारात्मक प्रभाव पारिरहेको एक अध्ययनले देखाएको छ । साईन्स जर्नलमा प्रकाशित अध्ययनले रातीको समयमा पृथ्वीमा अत्यधिक मात्रामा प्रयोग भईरहेको कृतिम प्रकाशले रातको अवस्था अन्त्य गरेकोले मानव सहित सबै प्राणीहरुमा त्यसको नकारात्मक असर देखिन थालेको जनाएको छ । अध्ययनले सन २०१२ देखि २०१६ सम्म रातको समयमा २ प्रतिशतका दरले बाहिरी प्रकाशको प्रयोग बढेको पनि उल्लेख गरेको छ ।

स्याटलाईटका माध्यमबाट खिचिएका रातको समयको फोटोमा समेत पृथ्वी झलमल्ल देखिनुले रात सकिन लागेको निष्कर्ष अध्ययनले निकालेको छ । अध्ययन प्रतिबेदनमा अमेरिका र स्पेनमा सबैभन्दा बढी कृतिम प्रकाशको प्रयोग भईरहेको र पछिल्ला बर्ष युरोप, एशिया र अफ्रिकाका मुलुकहरुमा समेत राती कृतिम प्रकाशको प्रयोग बढेको उल्लेख छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *