सिरियामा जारी गृहयुद्ध समाधान गर्न रसियाका राष्ट्रपति पुटिनद्वारा आफ्नो योजना सार्वजनिक/सहयोगका लागि सरकार र प्रतिपक्षी दललाई आग्रह ।। – Nepal Television-Communication for Development
Monday, December 11

सिरियामा जारी गृहयुद्ध समाधान गर्न रसियाका राष्ट्रपति पुटिनद्वारा आफ्नो योजना सार्वजनिक/सहयोगका लागि सरकार र प्रतिपक्षी दललाई आग्रह ।।

पुटिन/सिरिया संकट

सिरियामा जारी छ बर्ष लामो गृह युद्ध समाधानका लागि रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो योजना सार्वजनिक गर्नु भएकोछ । ईरानी राष्ट्रपति हसन रोउहानी र टर्कीका राष्ट्रपति रिसेफ ईर्डोगान संगको बार्तापछि राष्ट्रपति पुटीनले आफ्नो योजना सार्वजनिक गर्नुभएको हो । बार्तापछी जारी संयुक्त विज्ञप्तिमा तिनै जना राष्ट्रपतिले सिरियाको सरकार र प्रतिपक्षी दललाई रचनात्मक पहलका लागि आग्रह गर्नुभएको छ ।

सिरिया संकट समाधानका लागि रसियामा बस्न लागेको पश्चिमा मुलुकको संयुक्त बैठकमा पेश गर्ने गरी योजना बनाईएको समाचारमा उल्लेख छ । संकट समाधानकै लागि आगामी हप्ता संयुक्त राष्ट्र संघको पहलमा छलफल समेत हुँदैछ । यसअघी बसेका राष्ट्र संघ बैठकमा रसियाले लागातार भिटो शक्ति प्रयोग गरेपछी सिरिया संकटका सम्वन्धमा ठोस योजना पारित हुन सकेको छैन ।

संकट समाधानका लागि पहल स्वरुप साउदी अरेबियाको राजधानी रियादमा सिरियाका प्रतिपक्षी दलहरुको संयुक्त बैठक बसेको केही समयमै पुटिनको उक्त भनाई आएको हो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *