आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनशीप अघिको दोस्रो अभ्यास खेलमा नेपाल विजयी/केन्या ६ विकेटले पराजित ।। – Nepal Television-Communication for Development
Monday, December 11

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनशीप अघिको दोस्रो अभ्यास खेलमा नेपाल विजयी/केन्या ६ विकेटले पराजित ।।

केन्या-नेपाल/अभ्यास खेल

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनशीपका लागि संयुक्त अरब इमिरेट्स युएइमा रहेको नेपाली राष्ट्रिय टोलीले अभ्यास खेलमा केन्यालाइ ६ विकेटले पराजित गरेको छ । युएइको आबुधावीमा भएको खेलमा पहिले ब्याटिङ गरेको केन्याले ३२ ओभर २ बलमा सबै विकेट गुमाउँदै नेपाललाई १ सय ११ रनको लक्ष दियो । जवाफमा ब्याटिङ गरेको नेपालले १९ ओभर ५ बलमा ४ विकेटको क्षतिमा बिजय लक्ष्य भेट्टायो । नेपालको लागी दीपेन्द्रसिंह ऐरीले ४६ र शरद भेषवाकरले ३१ रनको योगदान गरे । केन्यालाइ सस्तैमा समेट्न ललित भण्डारीले ४ विकेट लिए।

पहिलो अभ्यास खेलमा नेपाल अमेरिकासंग ५ विकेटले पराजित भएको थियो । आइसीसी विश्व क्रिकेट लिग अन्तर्गत सातौ चरणमा नेपालले युएइ विरुद्ध मंसिर २० र २२ गते २ वटा खेल खेल्दै छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *