नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या प्रकरणका मुख्य योजनाकार मानिएका समिरमानसिंह बस्न्यातलाई प्रहरीले पक्राउ गरेको छ । – Nepal Television-Communication for Development
Monday, December 11

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या प्रकरणका मुख्य योजनाकार मानिएका समिरमानसिंह बस्न्यातलाई प्रहरीले पक्राउ गरेको छ ।

समिर बस्नेत/पक्राउ

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या प्रकरणका मुख्य योजनाकार मानिएका समिरमानसिंह बस्न्यातलाई प्रहरीले पक्राउ गरेको छ । चितवनको नारायणघाटमा पक्राउ परेका बस्न्यातलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौँमा पत्रकार सम्मेलन सार्वजनिक गरेको हो । अभियुक्त बस्न्यात निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्याका साथै रुपन्देही युवा संघका अध्यक्ष दुर्गा तिवारीको हत्या र दावा लामामाथिको गोली प्रहारका घटनामा संलग्न भएको भनाइ प्रहरीको छ ।

ब्युरो प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक पुष्कर कार्कीले गौचनले सञ्चालन गर्दै आएको डाँफे कन्स्ट्रक्सनमा कुमार श्रेष्ठ-घैँटे र समिरमानसिंह दुवैको शेयर रहेको र घैँटेको निधनपछि बाँकी रहेको शेयर माग्दा नदिएपछि गौचनको हत्या गरेको अनुसन्धानबाट खुल्न आएको जानकारी दिनुभयो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *