निर्वाचन आयोग/पत्रकार
प्रतिनीधिसभा तथा प्रदेशसभा सदस्यको यही मंसीर २१ गते हुने निर्वाचनको मतदान हुन अव ३ दिन मात्र बाँकी छ । आउँदो विहिवार हुने निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि शुरु हुँदैछ । मौन अवधिमा उम्मेदवारहरूले प्रचारप्रसार गर्न र भोट माग्न नपाइने निर्वाचन आचारसंहितामा उल्लेख छ । यसैबीच निर्वाचनका लागि सुरक्षा प्रबन्धसहित आवश्यक सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । दोस्रो चरणको निर्वाचनमा १५ हजार ३४४ मतदान केन्द्र कायम गरिएको छ । निर्वाचन आयोगले हिजो गरेको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त डाक्टर अयोधीप्रसाद यादवले अब निर्वाचन हुने ४५ जिल्लामा निर्वाचनको आवश्यक व्यवस्था मिलाइएको जानकारी दिनुभएको हो । प्रमुख आयुक्त डा. यादवले २१ गते मतदान सम्पन्न भएपछि पहिलो चरणमा मतदान भएका ३२ जिल्लाको मतगणना सुरु हुने जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा निर्वाचन आयुक्त इला शर्माले भोलि र पर्सि सम्बन्धित मतदान केन्द्रहरुबाट मतदाता परिचयपत्र वितरणको व्यवस्था मिलाइएको बताउनुभयो ।।