रसुवाको केरुङ नाकाबाट भित्राइएको अवैध १७ किलो सुनसहित एक व्यक्तिलाई प्रहरीले काठमाडौंको बालाजु बाइपासबाट पक्राउ गरेको छ । – Nepal Television-Communication for Development
Monday, December 11

रसुवाको केरुङ नाकाबाट भित्राइएको अवैध १७ किलो सुनसहित एक व्यक्तिलाई प्रहरीले काठमाडौंको बालाजु बाइपासबाट पक्राउ गरेको छ ।

भक्तपुर/सुन पक्राउ

रसुवाको केरुङ नाकाबाट भित्राइएको अवैध १७ किलो सुनसहित एक व्यक्तिलाई प्रहरीले काठमाडौंको बालाजु बाइपासबाट पक्राउ गरेको छ । बालाजु प्रहरीले पत्रकार सम्मेलन गरि १७ किलो सुनसहित सुन भित्र्याउने सिन्धुपाल्चोकका छुल्टीम तामाङलाई सार्वजनिक गरेको हो । बरामद सुनको मुल्य करिव ८ करोड ९ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ । मोटरसाइकलको साइलेन्सरभित्र लुकाएर सुन ल्याउँदै गर्दा चेकजाँचका क्रममा उनलाई पक्राउ गरिएको बालाजु बृत्तका प्रमुख प्रहरी उपरीक्षक आर डी जोशीले जानकारी दिनुभयो ।

यसअघि केरुङ नाकाबाटै भित्राइएको ८८ किलो अवैध सुन क्षेत्रपाटीबाट बरामद भएको थियो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *