युरोपेली संघबाट अलग हुने बेलायतको निर्णयबारे अर्को चरणको वार्ता अनिश्चित/वार्ता सम्बन्धी सहमतिमा पुग्न दुवै पक्ष असफल ।। – Nepal Television-Communication for Development
Monday, December 11

युरोपेली संघबाट अलग हुने बेलायतको निर्णयबारे अर्को चरणको वार्ता अनिश्चित/वार्ता सम्बन्धी सहमतिमा पुग्न दुवै पक्ष असफल ।।

युके / ईयू ब्रेक्जिक टक

बेलायत र युरोपेली युनियन ब्रिक्स वार्ताको अर्को चरणमा प्रवेश गर्ने सम्बन्धी सम्झौता गर्न असफल भएको बेलायती प्रधानमन्त्री तेरेजा मेले बताउनु भएको छ ।

प्रधानमन्त्री मे ले वार्ता सकारात्मक रुपमा अघि बढेको भए पनि सम्झौता हुन नसकेको बताउँदै साताको अन्त्य सम्ममा वार्ताले सकारात्मक रुप लिने विश्वास व्यक्त गर्नुभयो । आयरल्याण्डसँगको सीमाका विषयमा त्यहाँको डेमोक्रेटिक युनिअनिस्ट पार्टीले आफ्नो अडान नछोडेपछि वार्ता भंग भएको बताइएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *