पर्सी निर्वाचन हुने जिल्लाहरुमा मतदानस्थलबाटै आज र भोलि मतदाता परिचयपत्र बितरण गरिंदै / मतदाता शिक्षा कार्यक्रम पनि जारी । – Nepal Television-Communication for Development
Monday, December 11

पर्सी निर्वाचन हुने जिल्लाहरुमा मतदानस्थलबाटै आज र भोलि मतदाता परिचयपत्र बितरण गरिंदै / मतदाता शिक्षा कार्यक्रम पनि जारी ।

परिचयपत्र वितरण/आयोग

पर्सी निर्वाचन हुने मुलुका ४५ जिल्लामा आज र भोलि मतदाता परिचयपत्र बितरण गरिंदैछ । मतदाताहरुले आफ्नो मतदानस्थलमा गई परिचयपत्र लिन सक्ने आयोगले जनाएको छ । सोही क्रममा मतदाता शिक्षा कार्यकर्ताले परिचयपत्र लिन आउने मतदाताहरुलाइ मतपत्र देखाइ मत संकेत गर्न सिकाउने व्यवस्था समेत आयोगले मिलाएको छ ।

साथै आयोगले विभिन्न संघ संस्थाहरुसंग सहकार्य गरी मतदाता शिक्षा कार्यक्रमलाइ अगाडि बढाएको र विभिन्न १७ भाषामा मतदाता शिक्षाका सन्देशहरु प्रवाह गरिएको समेत जनाएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *