भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कंग्रेस पार्टीको अध्यक्ष पदमा राहुल गान्धीले उम्मेदवारी दर्ता – Nepal Television-Communication for Development
Monday, December 11

भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कंग्रेस पार्टीको अध्यक्ष पदमा राहुल गान्धीले उम्मेदवारी दर्ता

भारत/राहुल गान्धी

भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कंग्रेस पार्टीको अध्यक्ष पदमा राहुल गान्धीले उम्मेदवारी दर्ता गराउनु भएको छ । आगामी पार्टी महाधिवेशनका लागि अध्यक्ष पदमा उहाँको एकल उमेद्वारी परेको छ । पार्टीको अध्यक्ष पदका लागि उहाँको एकल उम्मेदवारी परेसँगै गान्धी नै पार्टीको अध्यक्ष हुने लगभग निश्चित छ ।

उम्मेदवारी दर्ता गराउनु भन्दा अगाडि राहुलले भारतीय पुर्व राष्ट्रपति प्रणव मुखर्जी, पुर्व प्रधानमन्त्री मनमोहन सिंह लगायतका नेतासँग भेट गर्नुभएको समाचारमा उल्लेख छ । कंगेसले विभिन्न आन्तरिक कारण देखाउदै विगत दुइ वर्ष देखि महाधिवेशनको मिति सार्दै आएको थियो ।

राहुलकी आमा सोनिया गान्धीले सन् १९९८ बाट भारतीय कंग्रेसको अध्यक्ष पद सम्हाल्दै आउनुभएको छ । राहुल गान्धी पाँच वर्ष अघि निर्विरोध पार्टीको उपाध्यक्ष पदमा चयन हुनुभएको थियो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *