मौन अवधि सुरु भएसँगै दलहरुले अब चुनावी प्रचारप्रसार गर्न नपाउने/निर्वाचन सुरक्षासहितको सबै तयारी पुरा भएको आयोगको भनाइ । – Nepal Television-Communication for Development
Monday, December 11

मौन अवधि सुरु भएसँगै दलहरुले अब चुनावी प्रचारप्रसार गर्न नपाउने/निर्वाचन सुरक्षासहितको सबै तयारी पुरा भएको आयोगको भनाइ ।

मौन अवधी/आचार संहिता

दोस्रो चरणमा पर्सी निर्वाचन हुने ४५ जिल्लाका उम्मेदवारहरुले अब कुनैपनि प्रकारको चुनावी प्रचार प्रसार गर्न पाउने छैनन् । गएराति १२ बजेबाट मौन अवधि सुरु भएकाले उम्मेदवारहरुले प्रचारप्रसार गर्न नपाउने भएका हुन् । मौन अवधि शुरु भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, उम्मेदवार, नागरिक समाज, मतदाता र सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचारप्रसारमा संलग्न हुन नपाउने निर्वाचन आयोगले जनाएको छ । यस अवधिमा एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतीय एवं सामाजिक सञ्जाल मार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार नगर्न पनि आयोगले सरोकारवालासँग आग्रह गरेको छ ।

दोस्रो चरणमा ४५ जिल्लाका प्रतिनिधिसभा सदस्यका लागि १२८ र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रमा पर्सी बिहिबार मतदान हुँदैछ । पहिलो चरणमा मंसीर १० गते ३२ जिल्लामा निर्वाचन सम्पन्न भइसकेको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *