इजरायलमा रहेको दुतावासलाई जेरुसेलम सार्ने अमेरिकी निर्णयप्रति अरब देशका नेताहरु असहमत/निर्णय सच्याउन राष्ट्रपति ट्रम्पसँग आग्रह । – Nepal Television-Communication for Development
Monday, December 11

इजरायलमा रहेको दुतावासलाई जेरुसेलम सार्ने अमेरिकी निर्णयप्रति अरब देशका नेताहरु असहमत/निर्णय सच्याउन राष्ट्रपति ट्रम्पसँग आग्रह ।

ट्रम्प/जेरुसेलम

इजरायलमा रहेको राजदुतावासलाई जेरुसेलम सार्ने अमेरिकी निर्णयले भयानक अवस्थाको सृजना गर्ने भन्दै अरब नेताहरुले अमेरिकालाई निर्णय सच्याउन भनेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अरब नेताहरुलाई टेलिफोन गरी तेल अभिभ स्थित आफ्नो दुतावास जेरुसेलम सार्ने जानकारी गराए लगत्तै अरब नेताहरुले त्यसो नगर्न अमेरिकालाई सचेत गराएका हुन् । अमेरिकी निर्णयले बिश्वभर रहेका मुस्लिम समुदायलाई आन्दोलित गराउने भन्दै साउदी अरेवियाका राजा सलमानले अमेरिकालाई निर्णय सच्याउन भन्नुभएको छ ।

अमेरिकी निर्णय बिरुद्ध इजरायल र टर्कीले आन्दोलन गर्ने घोषणा गरेका छन् । अमेरिकाले जेरुसेलमलाई इजरायलको राजधीको मान्यता दिन आफ्नो दुतावास सार्न लागेको भन्दै अरब नेताहरुले आपत्ति जनाएका हुन ।

तेल अभिभबाट दुतावास सार्ने सम्वन्धमा राष्ट्रपति ट्रम्पले आज सम्वोधन गर्नुहुने विविसिले जनाएको छ । जेरुसेलमको विषयलाई लिएर इजरायल र प्यालेस्टाईन बीच बर्षौ देखि विवाद हुदै आएको छ । अमेरिकाले आफ्नो दुतावासलाई तेल अभिभबाट जेरुसेलमा सारेमा सन् १९४८ मा छुट्टै देशका रुपमा मान्यता पाए यता त्यहा पहिलो दुतावास स्थापना हुनेछ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *