प्राविधिक कारणले केही महिनादेखी रोकिएको बुढिगण्डकी जलविद्युत आयोजनाको मुआब्जा बितरणका लागी जमीनको लालपुर्जा संकलन गर्ने काम हिजोबाट शुरु भएको छ । – Nepal Television-Communication for Development
Monday, December 11

प्राविधिक कारणले केही महिनादेखी रोकिएको बुढिगण्डकी जलविद्युत आयोजनाको मुआब्जा बितरणका लागी जमीनको लालपुर्जा संकलन गर्ने काम हिजोबाट शुरु भएको छ ।

धादिङ/बुढिगण्डकी मुआब्जा

प्राविधिक कारणले केही महिनादेखी रोकिएको बुढिगण्डकी जलविद्युत आयोजनाको मुआब्जा बितरणका लागी जमीनको लालपुर्जा संकलन गर्ने काम हिजोबाट शुरु भएको छ । धादिङतर्फको चैनपुर,ज्याञ्मरुङ्ग लगाएतका स्थानमा र गोरखाको फुजेल,नामजुङ्ग,बुङ्गकोट,लगायतका स्थानको जमीनको लालपुर्जा संकलन गर्न सुरु गरिएको हो ।

डुबान क्षेत्रमा परेका करिब ७ हजार भन्दा कित्ता जमीनको मुआब्जा वितरणका लागि लालपुर्जा संकलन गर्न थालिएको बुढिगण्डकी जलविद्युत आयोजनाले जनाएको छ । हिजोबाट जग्गा धनी पुर्जा संकलन सुरु गरिएका ती स्थानका ढुवान पिडितहरुलाइ यही महिनाको अन्तिम सम्ममा मुआब्जाको रकम सम्बन्धित् बैकमा पठाईने पनी आयोजनाले जनाएको छ ।

केही महिना भित्रमा गोर्खा र धादिङ जिल्लाका सबै डुवान पिडितहरुलाई मुआब्जाको रकम बाँडी सक्ने र मुख्य ब्यापारिक केन्द्र आरुघाट, सल्यानटार र खहरे बजार लगायतका स्थानमा जमीनको मुल्य निर्धारण गर्ने तयारी आयोजनाको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *