प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि भोलि हुने निर्वाचनको सम्पूर्ण तयारी पुरा / ढुक्क भएर मतदान गर्न प्रमुख निर्वाचन आयुक्तको आग्रह । – Nepal Television-Communication for Development
Monday, December 11

प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि भोलि हुने निर्वाचनको सम्पूर्ण तयारी पुरा / ढुक्क भएर मतदान गर्न प्रमुख निर्वाचन आयुक्तको आग्रह ।

निर्वाचन/तयारी पूरा

प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका लागि कर्मचारी र सुरक्षाकर्मी सहित सबै सामग्री मतदान केन्द्रमा पुगेको छ । ४५ जिल्लाका १५ हजार ३४४ मतदान केन्द्रमा भोली हुने मतदानका लागि सुरक्षा प्रबन्धसहित आवश्यक सम्पूर्ण तयारी पूरा भएको पनि निर्वाचन आयोगले जनाएको छ । दोस्रो चरणको निर्वाचनका लागि एक लाख ५५ हजार कर्मचारी खटिएका छन् । यसैबीच प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले केही समययता भएका विष्फोटनका घटना निन्दनीय रहेको बताउदै सरकारले सुरक्षा व्यवस्थालाइ प्रभावकारी बनाइसकेकाले ढुक्क भएर मताधिकारको प्रयोग गर्न आग्रह गर्नुभयो ।।

निर्वाचन आयोग/फलोअप

यसैबीच निर्वाचन आयोगले प्रतिनिसभा र प्रदेश तर्फको मतपरिणाम ४ दिनमा सार्वजनिक गरि सक्ने जनाएको छ । आयोगले हिजो गरेको पत्रकार सम्मेलनमा निर्वाचन आयुक्त इश्वरी प्रसाद पौडेलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम ४ दिनभित्र र  समानुपातिक तर्फको मतपरिणाम भने ८ दिनभित्र सार्वजनिक गर्ने गरी अयोगले तयारी गरेको जानकारी दिनुभयो । मतगणनालाई चुस्त दुरुस्त बनाउन आवश्यक मात्रामा जनशक्ति व्यवस्था गरिएको जानकारी दिदै पौडेलले २१ गते ५ वजे पछाडी पहिलो चरणमा निर्वाचन सम्पन्न भएका ३२ जिल्लाको मतगणना सुरु गरिने वताउनुभयो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *