Sunday, January 21

श्रीलंका संग दौत्य सम्वन्ध स्थापना भएको ६० बर्ष पुगेको अवसरमा ५० जोडी चीनियाहरुले श्रीलंकामा नै गएर सामुहिक विवाह गरि शुभकामना साटासाट

श्रीलंका/वेडिङ

श्रीलंका संग दौत्य सम्वन्ध स्थापना भएको ६० बर्ष पुगेको अवसरमा ५० जोडी चीनियाहरुले श्रीलंकामा नै गएर सामुहिक विवाह गरि शुभकामना साटासाट गरेका छन् ।

चीनिया र श्रीलंकाको मौलिक पहिरनमा सजिएका जोडीलाई राजधानी कोलम्बोमा एक भव्य समारोह बीच विवाह गर्न स्थानीय प्रशासनले आवश्यक व्यवस्था मिलाएको थियो । विवाहका लागि सजाईएका कारमा नवदम्पतिहरु आउदै गर्दा समारोह स्थलमा श्रीलंकाको परम्परागत झाँकीले स्वागत भएको थियो । श्रीलंका चीन र अन्य मुलुकका विशिष्ट पाहुनाहरु विवाहमा सहभागी भएका थिए । श्रीलंकामा पछिल्ला बर्ष चीनले आफ्नो लगानी बढाउदै गएको छ । दुई मुलुक बीचको सम्वन्ध बिस्तार संगै श्रीलंकाको पर्यटन विकासमा सहयोग पुर्याउन समारोहको आयोजना गरिएको बताइएको छ ।।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *