Friday, April 20

जनताको अभिमत प्राप्त दललाई सरकार हस्तान्तरण गर्नुपर्नेमा बाम गठबन्धनका शीर्ष नेताहरुको जोड/दूरगामी महत्वका निर्णय नगर्न सरकारसँग आग्रह

वाम गठबन्धन/पत्रकार सम्मेलन

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले दूरगामी महत्वका कुनै पनि नियुक्ति नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् । पार्टी एकता केन्द्रीय संयोजन समितिले काठमाडौमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि स्पष्ट जनादेश प्राप्त भइसकेकाले राजनीतिक नियुक्ति, सरुवा, बढुवा नगर्न सरकारलाई सचेत गराएको हो । पत्रकार सम्मेलनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताले काम चलाउ सरकारले दूरगामी महत्वका कुनै पनि निर्णय गर्न नमिल्ने र त्यसो गरिए स्वीकार्य नहुने बताउनु भयो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि नयाँ जनादेश आइसकेको अवस्थामा जनताको अभिमत प्राप्त दललाई सरकार हस्तान्तरण गर्नुपर्नेमा त्यसो नगरेर जनादेशको अपमान गर्न खोजिएको बताउनुभयो । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक स्थायित्व, सुशासन,विकास निर्माण र आर्थिक समृद्धिलाइ प्राथमिकता दिएकोबताउनुभयो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *