Friday, April 20

एभरेष्ट प्रिमियम लिग क्रिकेटमा ललितपुर प्याट्रियट्सको विजयी सुरुवात/काठमाण्डौं किंङ्स इलेभन ७ विकेटले पराजित

इपिएल/क्रिकेट

टिभिएस एभरेष्ट प्रिमियम लिग अन्तर्गत आज दुईवटा खेल हुँदैछन् । पहिलो खेल चितवन टाइगर्स र पोखरा राइनोज तथा दोस्रो खेल बिराटनगर वारियर्स र ललितपुर प्याट्रियट्स वीच हुनेछ । यसअघि हिजो भएको उद्‍घाटन खेलमा ललितपुर प्याट्रियट्सले विजयी सुरुवात गरेको छ । ललितपुरले काठमाण्डौं किंङ्स इलेभनलाइ ७ विकेटले हराउदै विजयी सुरुवात गरेको हो । किर्तिपुरको त्रिवी क्रिकेट मैदानमा हिजो भएको उदघाटन खेलमा काठमाण्डौंले जितको लागी प्रस्तुत गरेको ९० रनको लक्ष ललितपुरले १६ ओभर ३ बलमा ३ विकेटको क्षतिमा भेट्टायो । ललितपुरको जितमा बिदेशी खेलाडी जयकिशन कोल्सावालाले अविजित ४४ रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्लले २० रन बनाए । काठमाण्डौंको लागी विदेशी खेलाडी अक्षु फर्नान्डोले २ तथा सोमपाल कामीले १ विकेट लिए ।

यसअघी टस हारेर ब्याटिङ गरेको काठमाण्डौंले १८ ओभर ३ बल खेली सबै विकेट गुमाएर ८९ रन मात्र बनाउन सकेको थियो । काठमाण्डौंका लागी अमित श्रेष्ठले सर्वाधिक २७ रन बनाए। ललितपुरको लागी विदेशि खेलाडी सुवोध भट्टिले ४ तथा ललितनारायण राजवंशिले ३ विकेट लिए। ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *