Sunday, January 21

सरकार विधिसम्मत सत्ता हस्तान्तरणको पर्खाइमा रहेको संचारमन्त्रीको भनाइ/ राष्ट्रियसभा गठन सम्वन्धि अध्यादेश स्वीकृत गरी सहजिकरण गर्न राष्ट्रपतिलाइ आग्रह

संचारमन्त्री/पत्रकार सम्मेलन

सरकारका प्रवक्ता एवं सूचना तथा संचारमन्त्री मोहन बहादुर बस्नेतले सरकार सहजरुपले सत्ता हस्तान्तरण गर्न वैधानिक उपायको खोजीमा रहेको बताउनु भएको छ । वर्तमान राजनीतिक अवस्थाका बारेमा सरकारको धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले राष्ट्रियसभा गठन सम्वन्धि अध्यादेश राष्ट्रपतिबाट स्वीकृत भए सत्ता हस्तान्तरण प्रक्रिया सहज हुने स्पस्ट पार्नुभयो । सरकारले वैधानिक रुपमा राष्ट्रपित समक्ष पेश गरेको विधेयक हालसम्म अनुमोदन हुन नसक्नु चिन्ताको विषय भएको भनाई सरकारका प्रवक्ता बस्नेतको थियो ।

विधेयकको अभावमा राष्ट्रियसभा निर्वाचन प्रकृया अघि वढ्न नसकेको विषयलाई यथार्थमा आत्मसाथ गर्न समेत मन्त्री बस्नेतले आग्रह गर्नुभयो । सत्ता हस्तान्तरणको सम्बन्धमा अनेकन दुराशय र आशंकित अभिव्यक्ति आउनु सबैका लागि दुखलाग्दो भएको मन्त्री बस्नेतले बताउनु भयो ।

३ वटै तहको निर्वाचन सम्पन्न गर्ने मूख्य जिम्मेवारी सरकारले पूरा गरिसकेकाले अब विधिसम्मत ढंगले सत्ता हस्तान्तरण गर्ने मन्त्री बस्नेतले प्रष्ट पार्नुभयो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *