Tuesday, May 22

फिलिपिन्समा आएको सामुन्द्री आँधीमा परी हालसम्म १८० जनाको मृत्यु/कयौं बेपत्ता

फिलिपिन्स/आँधी

फिलिपिन्सको दक्षिण क्षेत्रमा आएको सामुन्द्रिक आधीमा परी कम्तिमा १ सय ८० जनाको मृत्यु भएको छ । तेम्बिन नाम दिईएको आधीमा अन्य कयौं हराईरहेका छन् ।  ८० किलिमिटर प्रति घण्टको बेगमा आधी संगै बाढी र पहिरो आउँदा मिन्दानाओ टापुका प्राय सबै घर पुरिएको समाचारमा उल्लेख छ ।

आधीबाट टुबोड र पियागापो शहर सबैभन्दा बढी प्रभावित भएका छन् । स्थानीय भाषामा भिन्ता भनिएको आधी दक्षिणबाट पश्चिम तर्फ बढीरहेकोले त्यँहा सुरक्षा सतर्कता बढाइएको छ ।  फिलिपिन्समा प्राय सामुन्द्रिक आधी आईरहने भएपनि मिन्दानाओ टापुमा भने यस अघी यस्तो आधी आएको थिएन ।

फिलिपिन्समा गत हप्ता पनि आएको यस्तै आधीमा परी दर्जनौं मानिसहरुको मृत्यु भएको थियो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *