Monday, February 19

नेपालमा अहिले करिब २ करोड ६० लाख रोपनी जमिन बाँझो अवस्थामा/जमिन बाँझो रहँदा कृषिमा परनिर्भरता बढदै

बाँझो/जमिन

नेपालमा अहिले करिब २ करोड ६० लाख रोपनी जमिन बाँझो अवस्थामा रहेको छ । देशका ६५ प्रतिशत जनता कृषिमा आत्मनिर्भर रहेपनि धेरै जमिन बाँझो रहँदा कृषिमा  परनिर्भरता बढदै गएको बिश्लेषण गरिएको छ । कृषि विकास मन्त्रालयको तथ्याङ्क हाल ३० लाख ९१ हजार हेक्टर जमिनमा खेती गरिँदै आएको छ । नेपालमा कूल खेती गर्न योग्य जमिनको ३३ दशमलव ३२ प्रतिशत जमिन बाँझो रहेको छ ।

यसैबीच सरकारको सामूहिक, करार र सहकारी खेतीको अवधारणा अन्ततः कागजमै सीमिति भएको देखिन्छ । सरकारले कृषिमा आत्मनिर्भर हुन, वैदेशिक रोजगारमा गएका युवालाई कृषि पेशामा आकर्षण गर्न, न्यून ब्याजदरमा कृषि ऋण उपलब्ध गराउने घोषणका साथै करार खेतीको अवधारणअनुसार कृषि क्षेत्रको विकास गर्ने कार्यक्रम आर्थिक वर्ष ०७३-७४ को वार्षिक बजेटमार्फत घोषणा गरेको थियो ।

भारत, चीन, भियतनाम, बङ्गलादेश लगातयका मुलुकमा करार खेती सफल मानिएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *