Sunday, January 21

दक्षिण भारतमा ५० जना यात्रु बोकेको बस पुलबाट खस्दा ३३ जनाको मृत्यु

भारत/बस दुर्घटना

दक्षिण भारतमा ५० जना यात्रु बोकेको बस पुलबाट खस्दा ३३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । १६ वर्षीय चालकले बसको गति नियन्त्रण गर्न नसकेपछि पुलको रेलिङ भाँचिएर बस ३० मिटर तल बानस नदीमा खसेको छ । बस राजस्तानबाट यात्रुहरु बोकेर सावई माधोपुर जिल्लामा रहेको रामदेवजी मन्दिर  गइरहेको अवस्थामा दुर्घटनामा परेको स्थानीय संचारमाध्यमहरुले जनाएका छन् । तालिम प्राप्त चालक नभएकाले बस दुर्घटना परेको प्रहरीको भनाई छ ।

दुर्घटनामा चालकको समेत मृत्यु भएको छ । घाइतेहरुलाई उद्दार गरी स्थानीय अस्पतालहरुमा उपचारका लागि लगिएको छ ।  दुर्घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै मृतकका परिवारलाई समवेदना प्रकट गर्नुभएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *